मुस्कानलाई बिहानै ‘गुड न्युज’

मुस्कान खातुन शुक्रबार बिहान कलंकीस्थित डेराबाट स्कुल जाने तयारी गर्दै थिइन् । त्यही बेला फोन आयो । जुन नेपालस्थित अमेरिकी दूतावासको थियो । त्यही फोनमार्फत यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेको खबर पाएपछि सुरुमा त उनलाई पत्यारै लागेन । बा–आमा पनि आश्चर्यमा परे । अनलाइनमा समाचार आउन थालेपछि मात्रै उनी विश्वस्त बनिन् ।  साढे ६ बजेतिरै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फोन गरेर बधाई दिएको उनले सुनाइन् । ‘उहाँले मलाई एकदमै हौसला र सहयोग गर्नुहुन्छ, उहाँ...