छड्के २.०’ सुपरफ्लप भएपछि अधिकांशले भने– ‘अब अनमोलका दिन गए, अनमोल सक्किए ।’ कोही त अनमोलको स्टारडम खस्किएको नतिजासम्मै पुगे । फिल्मले बक्स अफिसमा पानी भन्न नपाउँदा अनमोलको पुस्ता सकिएको भन्ने चर्चा चल्यो । साथै, ‘छड्के २.०’ नरुचाइनु, अनमोललाई दर्शकले गरेको अस्वीकारका रूपमा परिभाषित नै गरियो । तर, फिल्म करिअरकै यति ठूलो असफलताबाट भने अनमोलले आरोह–अवरोहको वास्तविक पाठ सिकेका छन् ।