पाल्पामा मतपेटिका संकलनमा ढिलाइ हुँदा मतगणना हुन सकेन

दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको छैन । क्षेत्र नम्बर १ र २ को दुर्गम भेगबाट मतपेटिका ल्याउन राति १ बजेकाले संकलन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

सम्बन्धित सामग्री

चितवनमा काँग्रसले रोक्यो मत गणना, तनहुँमा मतपेटीका संकलनमै समस्या बारामा भोली

काठमाडौं । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सकिए पनि मत गणना भने शुरू हुन सकेन । चितवन -२ मा नेपाली काँग्रेसले गणना हुन दिएको छैन । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । भने बारा- २ मा भोली मात्रै सर्वदलिय वैठक बसेर मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । चितवनमा नेपाली कांग्रेस, चितवनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी बारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताए पछि गणना रोकिएको हो । मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन सकिएको पनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लागेकाले भोली मात्रै मत गणना शुरू हुनेछ ।

इलाममा अझै मतगणना हुन सकेन,चार दिनपछि मुगुको भने मतगणना सुरु

कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।  ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,’उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन

बैतडीमा मतगणना हुन सकेन, ढुवानीमा समस्या

बैतडी : जिल्लामा अझै अहिलेसम्म मगतणना हुन सकेको छैन।  जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाइ भएपछि अहिलेसम्म मतगणना कार्य सुरु हुन नसकेको हो।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज बिहान मात्रै सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलो भएको हो। उनले भने, ‘आज बिहानमात्रै मतपेटिका ढुवानी सम्पन्न भएको छ’, उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाइएको छ। त्यसपछि मतगणनाको समय तोकिनेछ।’बैतडीमा मतगणनाका लागि एक मात्र स्थान तोक

मोरङको रंगेलीमा अझै शुरु हुन सकेन मतगणना

विराटनगर : मोरङको रंगेलीमा अझै मतगणना शुरु हुन सकेको छैन। शनिबार राति ११ बजेदेखि रोकिएको मतगणना १८ घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन।एमालेबाहेकका दलले मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै गणना नगर्न दबाब दिएपछि मतगणना रोकिएको थियो। राति कांग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए।वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उम्मेदवारको नाममा एमालेले धेरै प्रतिन

रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेन

मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेको छैन ।  शनिबार राति ११ बजेदेखि मतगणना रोकिएको हो । मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै एमाले बाहेकका दलले गणना नगर्न दबाब दिएका थिए । राती काँग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन पनि गरेका थिए ।वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै गठबन्धनले गणना स्वीकार गर्न नसकिने जनाएको हो ।

काठमाडौं महानगरमा अझै सुरु हुन सकेन सर्वदलीय बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक सुरु हुन सकेको छैन । राति ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक सुरु हुन नसकेको हो ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार मतपेटिका संकलन कार्य जारी रहेकाले सर्वदलीय बैठक बस्न नसकेको हो ।  महानगरमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गर्ने तयारी छ ।

साढे १० बजेबाट सुरु हुने भनिएको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु हुन सकेको छैन । साढे १० बजेबाट सुरु हुने भनिए पनि मतगणना अझै सुरु हुन सकेको छैन ।  दोस्रो चरणको मतदान केही समय अगाडि सकिएको थियो ।  मतपेटिका राष्ट्रियसभा गृहमा आइसकेको र केही समयमै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  मंगलबार...