प्रायोजित रुपमा शेयर मूल्य घटबढ गराउनेलाई जेल हाल्नु पर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रायोजित रुपमा शेयर मूल्य घटबढ गराउनेलाई जेल हाल्नु पर्ने बताएका छन् । उनले यो बुँदा धितोपत्र समबन्धि ऐन मै राख्नु पर्ने भन्दै संशोधन दर्ता गराएका छन् ।प्रतिनिधिसभामा छलफलको क्रममा रहेको “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” मा सांसद सुवालले आफ्नो संशोधन दर्ता गराएका हुन्  । संशोधनमा उनले प्रायोजित रुपमा शेयर मुल्य थपघट पारेर सर्वसाधारण लगानीकर्तालाई डुबाउने हरुलाई जरिवाना गर्नु पर्ने र जेल हाल्नु बुँदा उल्लेख गर्न माग गरेका छन् । त्यस्तै उनले अर्थमन्त्री जनार्दन शर्माले केहि समय अगाडी संसद कै रोष्ट्रममा उभिएर शेयर बजार १०० जनाको कब्जामा रहेको उल्लेख गरेको तर तिनीहरुलाई खोजेर कारवाही नगरेकोमा अशन्तुष्टी व्यक्त गरेका छन् । त्यस्तै उनले विदेशमा पैसा राख्नै नपाउने ब्यबस्था गर्नु पर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि  दफावार छलफल गर्ने, संशोधनहरुलाई निर्णयार्थ पेश गर्ने र विधेयक पारित गर्ने कार्यसूची छ । यो ऐनमा धितोपत्र समबन्धि ऐन २०६३ मा पनि संशोधन गरिने उल्लेख छ।  विधेयकमा हालको विद्यमान ऐनमा रहेका ६ ब्यबस्था हेरफेर/थप गर्न प्रस्ताव गरिएको छ ।१. हालको ऐनमा रहेको दफा ७ को उपदफा (७) पछि निम्न अनुसारको उपदफा (८)  थप्न प्रस्ताव गरिएको छ ।'(८) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ।”धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न सक्ने ब्यबस्था गरिन लागेको हो । यस अघि सरकारले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गर्दा ऐनमा स्पस्ट ब्यबस्था नहुँदा बोर्डको काम काज प्रभावित भएको थियो।२. दफा ८६ को ठाउँ ठाउँमा रहेका “दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले” भन्ने शब्दहरुको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ।३. दफा १०० मा रहेका “दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको” भन्ने शब्दहरुको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले अनुसन्धानको” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ।४. विधेयकले दफा १०२ मा संशोधन गर्ने प्रस्ताव गरेको छ । दफा १०२ को उपदफा १ मा 'दफा ९१,९४, ९५,९६,९७,९८,९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ मा समावेश भएको मानिनेछ।' भन्ने वाक्य राख्न प्रस्ताव गरिएको छ ।त्यस्तै उपदफा २ मा 'यो दफा प्रारम्भ हुनुभन्दा अघि बोर्डमा दर्ता भई तहकिकातको क्रममा रहेका उपदफा (१) मा उल्लिखित दफा अन्तर्गतका उजुरी, तत्सम्बन्धी कागजात तथा विवरण सो उपदफा बमोजिम अनुसन्धान गर्ने अधिकारी समक्ष हस्तान्तरण गर्नु पर्नेछ।” भन्ने ब्यबस्था गरिएको छ।  दफा ९१ मा भित्री कारोबार, दफा ९४ मा झुट्टा कारोबार, दफा ९५ मा मूल्यमा उतार चढाव गराउने कारोबार, दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, दफा ९७ मा झुक्याउने कारोबारबारे, दफा ९८ र ९९ मा जालसाजीयुक्त कारोबार, र दफा १०० मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार बारेको ब्यबस्था छ । अब यी कसुरलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ मा राखेर सोहि अन्तर्गत कारवाही गर्न प्रस्ताव गरिएको छ।  मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ को कसुरमा प्रहरीले अनुसन्धान गर्न सक्ने उल्लेख छ। यो भनेको भित्री कारोबार, झुट्टा कारोबार, मूल्यमा उतार चढाव गराउने कारोबार,  धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने ब्यबस्था प्रस्ताव गरिएको हो ।(५) दफा १०४ को ठाउँ ठाउँमा रहेका “बोर्डले” भन्ने शब्दको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ। अनुसन्धान गर्ने अधिकारी भनेको प्रहरीलाई बुझाउछ । (६) दफा १०३ खारेज गर्न प्रस्ताव गरिएको छ। यसमा माथि उल्लेखित कसुरमा बोर्डको अधिकृतले अनुसन्धान गर्ने उल्लेख गरिएको थियो । अब प्रहरीले अनुसन्धान गर्ने भएपछि यो दफा नै खारेज गर्न प्रस्ताव गरिएको छ ।प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक प्रतिनिधि सभाले पारित गरेपछि राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयकमा भएका ब्यबस्था कार्यन्वयनमा आउने छ । 

सम्बन्धित सामग्री

औँला ठड्याइरहने चित्रबहादुर केसी र प्रेम सुवाल (भिडियो)

चित्रबहादुर केसी र प्रेम सुवाल वामपन्थी धारका दुई चर्चित नेता हुन् । उनीहरू जनताको पक्षबाट खरोगरी संसद्‌मा बोल्छन् । उनीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारविरुद्ध औँला ठड्याउने भूमिकामा उनीहरू छन् । अर्थात्, प्रतिपक्षीमा छन् ।

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल, २ मा कांग्रेसका थापा विजयी

भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल फराकिलो मतान्तले विजयी भएका छन् । उनले ४२ हजार ७६१ मत प्राप्त गरि विजयी भएका हुन् । सुवालका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरि पराजित भएका छन् । देशमै भक्तपुर–१ लाई नेमकिपाको प्रभाव क्षेत्र मानिन्छ । यस क्षेत्रबाट […]

नेमकिपाका प्रेम सुवाल पुन: सांसदमा विजयी

भक्तपुर – प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज […]

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

काठमाडाैँ – नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का प्रेम सुवाल भक्तपुर क्षेत्र नम्बर १ मा फराकिलाे मतान्तरका साथ प्रतिनिधसभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजारबढी मतान्तरले विजयी भएका हुन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका छन् । अघिल्लो […]

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी हुनु भएको छ । बिहीबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवालले ४२ हजार ७ सय ६१ मत पाई निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ र राप्रपाका उम्मेदवार भरतबहादुर […]

नेमकिपाको पहिलो जित, भक्तपुर-१ मा प्रेम सुवाल विजयी

भक्तपुर - भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनु भएको छ । उहाँले ४२  हजार ७ सय ६१ मत पाएर चुनाव जित्नु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६१ मत पाउनुभयो । नेमकिपाको यो  पहिलो जित हो । प्रेम सुवाल यस अघि पनि सांसद हुनुहुन्थ्यो ।

भक्तपुर-१ मा प्रेम सुवाल भारी मतान्तरले विजयी

काठमाडौं, मंसिर ८ । भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए। अबको आधा घण्टाभित्र औपचारिक घोषणा गरिने बास्तोलाको भनाइ छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ […]

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

८ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता […]

प्रेम सुवाल : विजुक्छेका उत्तराधिकारीको सहज अंकगणित

एक सिटे भए पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई संसदमा बलियो गरी चिनाउने निवर्तमान सांसद हुन्, प्रेम सुवाल । २०७० सालदेखि विधायिकामा आएका उनले प्रखर सांसदको परिचय बनाए । २०१७ मा जन्मिएका सुवाल २०५४ मा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । भक्तपुरको चर्चित ख्वपः कलेजका संस्थापक अध्यक्ष समेत रहेका उनी २०७० सालमा समानुपातिकबाट दोस्रो […]

देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल

भक्तपुर, १५ जेठ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् । चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अर्कमण्यताको कारण देशको ऋण […]