हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध–प्रदर्शनमा बल प्रयोग गर्दा पाँच जनाको मृत्यु भएको मानवअधिकार अनुगमनकर्ताले जनाएका छन् । इरानमा अधिकार उल्लङ्घनको अनुगमन गर्ने नर्वेजियन संस्था ‘हेङ्गग अर्गनाइजेसन फर ह्युमन राइट्स’ले यो जानकारी दिएको हो । सस्थाका अनुसार सोमबार इरानको कुर्दिश क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी धरपकडमा पाँच जना मारिएका हुन् । त्यस्तै अन्य सहरमा भएका प्रदर्शनमा थप ७५ जना घाईते भएको सस्थाले बताएको छ