पाल्पा- कालीगण्डकी बेँसीको महत्त्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा केलादीघाटलाई लिइन्छ। पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रूपमा रहेको छ। यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ। स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका बासिन्दाले यो स्थललाई लिने गरेका […]