नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षा कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश (२) को प्रथम प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले प्रजातन्त्र स्थापनाका लागि राणाकालदेखि सङ्घर्ष गर्दै आएको पार्टीले नै लोकतन्त्रको रक्षा गर्न सक्ने दाबी गर्नुभयो । लामो इतिहास बोकेको कांग्रेसलाई बिग्रन दिन नहुने बताउँदै प्रदेश सभापति …