अवकाशपछिको जीवन

कर्मचारी प्रशासनको पहिलो चरण भर्ना हो भने अन्तिम चरण अवकाश । अवकाश भएपछि कर्मचारीले बर्खास्त भएको अवस्थामा बाहेक सङ्गठनका लागि गरेको योगदान स्वरूप ओहदा र अवकाशको प्रकृति हेरी निवृत्तिभरण, उपदान र अन्य सुविधा प्राप्त गर्छन् । अवकाश भएका कर्मचारीको सुविधा पनि कति दिने भन्ने कुरा सरकारको हातमा हुन्छ । उनीहरूले समान बहालवाला कर्मचारीको बढेको तलबको दुई तिहाइ रकम निवृत्तिभरण वृद्धि हुन्छ र प्रत्येक वर्ष एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्च पाउँछन् । जसरी कुनै कम्पनीको सेयर होल्डरले बढीभन्दा बढी लाभांश, ऋण दिने साहुले बढीभन्दा बढी ब्याज, जमिनदा