स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो प्रतिबद्धता गर्नुभएको हो । “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन”, उहाँले …