बजाज पल्सर एभरेस्ट प्रिमियर लिगमा एनसेलको साथ

काठमाडौं (अस) । असोज ९ गते शनिबारबाट सुरु भएको बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा एनसेल फोरजीको साथ रहेको छ । नवप्रतिभा प्रवद्र्धनका लागि खेलकुदमा लगानी गर्नुपर्ने विश्वास एनसेलको छ । ईपीएलले ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने विश्वास कम्पनीको छ । नयाँ संस्करणको ईपीएलमा एनसेल कनेक्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलको छ । फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत नागरिकमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ । हालको अप्ठेरो समय एनसेलले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन यो प्रतियोगिता सहयोगी रहेको बताएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । क्रिकेट प्रतिभाका लागि महत्वपूर्ण मञ्च सिर्जना गर्दै ग्राहकलाई अन्तर्राष्ट्रिय प्रतिभासँग जोड्ने उद्देश्य ईपीएलको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुनेछ भने ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने एनसेलले बताएको छ । ग्राहकसँग जोडिने र तिनका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास कम्पनीको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको दाबी एनसेलको छ । पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । ‘नेपालजस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ उनले भने ।