महाभियोग सिफारिस समितिकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे फरक मत राखेको छ । समितिका सभापति रामबहादुर विष्टले तयार गरेको प्रतिवेदनमा एमालेको तर्फबाट समिति सदस्य विष्णु पाैडेलले फरक मत प्रस्तुत गरेका हुन् ।एमालेले फरक मत राखेपछि बहुमत सदस्यबाट महाभियोग लगाउने प्रस्ताव पारित भएको छ । महाभियोग लगाउने प्रस्तावको पक्षमा मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, रेखा शर्मा, यशोदा सुवेदी, कल्याणी खड्का र प्रमाेद साह उभिए भने एमालेका ४ सदस्य तथा लोसपाका एक जना सदस्य विपक्षमा