हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘महापुरुषको सङ्गत’ निबन्धमा आठजना महापुरुषहरू खाजेका छन् । निबन्धकारले त्यहाँ लम्बरी पण्डितले धेरै मोल आए गोरु बेच्ने नत्र बाहुनले गाई–गोरु बेच्नु नहुने तर्कबाजका पात्रलाई राखेर मीठो व्यङ्ग्य गरेका छन् । महास्वार्थी प्रवृत्तिको पराकाष्ठा निबन्धमा कलात्मक ढाँचामा प्रस्तुत भएको छ । आफ्नो बखान आफौँ गर्दै हिँड्ने तर नामचाहिँ सद्गुणानन्द भएका अर्का पात्र […]