लकडाउनले पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल जिल्लाका ९-१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”