आज २०७८ चैत २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–सकसमा अर्थतन्त्रचालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको