अनुभूति हुने गरी काम गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।  बिहीवार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमनका क्रममा उनले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी खट्न निर्देशन दिएका हुन् ।  आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा देखिएका समस्य...