क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

 मुलुकको वर्तमान आर्थिक अवस्थाबारेमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिँदै विद्यमान समस्याका बारेमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा हालै सबै पक्षलाई डाकेर मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरीब किसानहरूले बैंकको ऋण नपाएको बताए ।‘ऋण दिन बैंकहरूलाई १० फिटे ठूलो मोटर बाटो चाहिन्छ,’ उनले भने, ‘तपाईंहरू ओखर फल्ने जग्गासमेत धितो लिन मान्नु हुँदैन । कृष

सम्बन्धित सामग्री

प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका हुन् । यसैगरी राम्रो प्रतिफल […]

उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाकाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् । आइतबार स्टील र डण्डी व्यवसायीहरुसँगको छलपलमा अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुको समस्या बुझ्न समिति बनाएर अध्ययन गर्न निदेर्शन दिएका हुन् । उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ भन्नेबारे बुझन निर्देशन दिए । सरकारले […]

बिमा भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले भुक्तानी गर्न बाँकी कोरोना बिमाबारे छलफल सुरु गरेका छन्। मन्त्री शर्माले बुधबार बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायत पदाधिकारीलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक स्रोत–साधन र उपायका विषयमा छलफल गरेका हुन्। अर्थमन्त्री शर्माले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिए। विभिन्न बिमा […]

कोरोना बीमाबारे थप अध्ययन गरेक प्रक्रिया बढाउन अर्थमन्त्रीको निर्देशन

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्।  बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर बोरोना बीमा भुक्तानीको लागि...

कोरोना बिमाको दाबी भुक्तानीका लागि स्रोतको अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानीका विषयमा अर्थमन्त्री जनार्दन शर्माले बिमा समितिसाग छलफल गरेको छन् ।  बुधबार अर्थमन्त्री शर्माले कोरोना बिमाको बाँकी रहेको दाबी भुक्तानीका विषयमा बिमा समितिको अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ । “मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक...

परिणामुखी काम गर्न नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित स्वागत समारोहमा मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट कार्यसम्पादन गर्न भनेका हुन् । मन्त्री शर्माले यसअघि आपूmले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आपूmले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेश गर्न समेत निर्देशनसमेत उनले दिए । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका नवनियुक्त सचिवहरूबाट आआप्mनो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास मन्त्री शर्माको थियो । समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरूले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पूँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरूले समेत स्वामित्व महसूस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए । नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेकोमा जोड दिँदै त्यसका लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।