पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
बाघलाई...
पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिनुभयो । निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो …
वीरगञ्ज – बाघको आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठोरी गाउँपालिका–५ निवासी ५४ बर्षीय कान्छा दोङ छन्। गोठमा गोरुलाई आक्रमण गरेको बेला गोठमा गएका उनलाई बाघले आक्रमण गरेको थियो। गोरुलाई बचाउने क्रममा बाघको आक्रमणबाट दोङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
३१ वैशाख, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर उनी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय […]
७ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी जनता समाज पार्टी (जसपा) मा प्रवेश गरेका छन् । जसपाले काठमाडौंमा बुधबार आयोजना गरेको ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा कुँवर जसपामा प्रवेश गरेका हुन् । वडाध्यक्ष कुँवरलाई जसपाका केन्द्रीय सदस्य अञ्जन शाक्यलगायतका नेताले पार्टी प्रवेश गराएका थिए । माओवादी […]
मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य घोषणा गरेको छ । शुक्रबार पर्साको ठोरीस्थित जंगल रिसोर्टमा रुख मुनि बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्याउन प्रदेश सरकारले १० करोड रुपैयाँ ठोरी गाउँपालिकालाई दिने निर्णय गरिएको जानकारी दिए ।‘पर्यटकलाई लोभ्याउ
काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज (आइतबार) बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् । रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो […]
पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय वीर बहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ । रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गु
२४ फागुन, काठमाडौं । प्रशस्त सम्भावना भएर पनि पर्यटन प्रवर्द्धनमा पछि परेको पर्साको ठोरी क्षेत्रमा पछिल्लो समय ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । ८ करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित ठोरी गाउँपालिका–२ मा ‘ठोरी जंगल रिर्सोट’ सञ्चालनमा आएको छ । ठोरीकै चार जना स्थानीय युवाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् […]
पर्साको ठोरी गाउँपालिका-५ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रामबहादुर पाख्रिनको प्यानल नै विजयी भएको हो । एमालेका पाख्रिनले ५६४ मत ल्याएका छन् । पाख्रिनले माओवादीका...पूरा पढ्नुहोस् »