एमाले सुदूरपश्चिमले भन्यो : बाजुरामा गठबन्धनको निर्देशनमा चेतनको हत्या

धनगढी : नेकपा (एमाले) ले बाजुरा घटनाको भर्त्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासन समेतको मिलेमतोमा सत्तागठबन्धनको नियोजित निर्देशनमा आफ्ना कार्यकर्ताको हत्या भएको जनाएको छ।आइतबार राति सत्तारुढ गठबन्धनका कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका–७ का बासिन्दा चेतन ऐडीको बर्बरतापूर्वक हत्या गरेको जनाउँदै एमालेले दोषीमाथि कडा क