भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन् । सीतारमण हाल अमेरिकाको भ्रमणमा रहेकी छन् । उनले यो कुरा हार्वर्ड केनेडी स्कुलमा बताएकी हुन् ।उनको अर्को वर्ष आर्थिक विकास ७.५–८.५ प्रतिशतबीच हुने र अर्को दशकसम्म कायम रहने बताइन् । उनले भनिन्, ‘जहाँसम्म भारतको आर्थिक वृद्धिदरको सवाल छ, हामी यो वर्ष दोहोरो अङ्क नजिक पाउनेछौँ र यो दर