केदारनाथ पहिरोमा बेपत्ताको खोजी तथा उद्धार र स्वदेश फिर्तीको प्रबन्ध गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यको केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक बेपत्ता भएकोप्रति दु:ख व्यक्त गरेको छ । कांग्रेसले पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोज तथा उद्धार र उनीहरुको स्वदेश फिर्ताको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।