नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अहिले दलहरूले छुट्टाछुट्टै निर्वाचन लडे एमालेले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनाव लड्दा पनि एमाले एक्लै बहुमत ल्याउने गरी चुनावी तयारीमा लागेको पूर्व मन्त्रीसमेत रहेका तामाङको भनाइ छ ।प्रस्तुत छ निर्वाचन लक्षित बैठकमा जुटेको एमालेको चुनावी रणनीति, गठबन्धनको सम्भावना, नागरिकता विधेयक र सङ्क्रमणकालीन न्यायका सम्बन्धमा रातोपाटीले तामाङसँग गरेको कुराकानी :एमाले निर्वाचनलक्षित बैठकहरूमा केन्द्रित छ, चु