काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारी लुटिए, दुई जना पक्राउ

काठमाडौंको चुच्चेपाटीमा सुन पसलेलाई एउटा समूहले लुटेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् । फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।काठमाडौं महानगरपालिका–७