पोखरा महानगरको शिक्षा महाशाखामा लगाएको ताला खुलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मंगलबार दिउँसो ताला लगाएकामा वार्तापछि तालाबन्दी खुलेको हो ।अनेरास्ववियुले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएको भन्दै शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको थियो । अनेरास्ववियुले आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरलाई कक्षा ११÷१२ का व