विप्लव नेतृत्वको नेकपाले पाँचथरमा चुनाव नलड्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पाँचथरले स्थानीय तहको चुनावलाई अस्वीकार गर्ने भएको छ । सो पार्टीको पाँचथर जिल्ला कमिटीको बुधवार र बिहीवार सम्पन्न ८ औँ पूर्ण बैठकले चुनावमा नजाने निर्णय गरको हो ।सो पार्टीका जिल्ला इन्चार्ज संगीत र सचिव सन्तोष विष्टले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको चुनाव नीतिगत रुपमा अस्वीकार गर्ने जानकारी दिएका छन् ।