बाँकेमा होटलबाट नक्कली पैसा छाप्ने मेसिन बरामद

बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नोट बरामद गरेको छ । धम्बोझी चोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।