काठमाडौँ – उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले असली सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ। मंगलबार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो। समितिले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ। […]