नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र […]

सम्बन्धित सामग्री

१८ हजार मत गन्न बाँकी छँदा विनोद चौधरी पाँच हजार बढी मतान्तरसहित अगाडि

नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी जित नजिक पुगेका छन् । उनले मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा दोस्रो स्थानका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीभन्दा ५ हजार ३११ मतको मतान्तर बनाएका छन् ।

विनोद चौधरी अगाडि, हृदयेश त्रिपाठी तेस्रो

नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी अगाडि रहेका छन् । उनले गणना भएको ३७ हजार ४४३ मतमध्ये ११ हजार ६४० मत पाएका छन् ।

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई टक्कर दिने महेन्द्र को हुन् ?

६ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच प्रतिस्पर्धा हुने ठानिएको थियो । तर यी दुवैलाई टक्कर दिइरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र …

विनोद चौधरीको क्षेत्रमा १२ बजेपछि मात्र मतगणना हुने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी उठेको नवलपरासी पश्चिम १ मा आज १२ बजेपछि मात्रै मतगणना शुरु हुने भएको छ।

बाईकमा बसेर विनोद चौधरीको घरदैलो, अघि बढिसकेका पाईला नरोकिने

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभाको लागि नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरी घरदैलोमा व्यस्त छन् । उनी आफ्नो क्षेत्रका जनतासँग साक्षात्कारको लागि अहिले घरदैलोमा कार्यक्रममा छन् । आज भने चौधरी मोटरसाइकलको पछि बसेर चुनावी प्रचारमा सक्रिय भएका छन् । उनले अघि बढिसकेका पाइला […]

देशको मुहार फेर्नुछ : विनोद चौधरी

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख÷दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन् […]

झुपडीमा पुगेर विनोद चौधरीको कविता :  पिएको पानीको मूल्य चुकाउनु छ !

काठमाडौँ । अर्बपति व्यवसायी तथा सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरी यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनले श्रमजीवीको झुपडीमा पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यसअघि प्राय टाइसुटमा सजिएर चिल्ला गाडीमा देखिने चौधरीले पोष्ट गरेको पछिल्लो तस्बिरमा चौधरीका नजिक ५ जना सर्वसाधारण देखिन्छन् । काठले बनेको सानो झुपडीको छेवैमा बसेर उनले सर्वसाधारणसँग कुरा गरिरहेको तस्बिरले देखाउँछ । उक्त तस्बिरसँगै

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब