काठमाडौं । पाटन उच्च अदालतले चलचित्र ‘प्रसाद २’ रिलिज गर्न बाटो खुला गर्ने गरी आदेश दिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सकारात्मक प्रतिक्रिया दिएका छन् । अदालतको आदेश चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा रहेको उनले बताए । ‘बोर्डले सबै पक्षलाई विश्लेषण गरी रिलिज हुन दिने निर्णय गरेको थियो । कसैको व्यक्तिगत हिसाबकिताबको आधारमा […]