वाम गठबन्धनबाट केही दिनअघि मात्र बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसले गोरखामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। शनिबार बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ। कांग्रेस नेता चिनकाजी श्रेष्ठका अनुसार गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल…