सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रुप दिन बुधबार ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । बैठकमा सहभागी हुन गठबन्धनका दोस्रो तहका नेताहरु समयमै बालुवाटार पुगे पनि शीर्ष नेताहरु नपुग्दा बैठक सुरु हुन नसकेको हो । माओवादी केन्द्रका नेता देव गुरुङले दोस्रो तहका नेता बालुवाटार पुगे पनि बैठक सुरु नभएको जानकारी दिए । सत्ता गठबन्धनबीच महानगरको भागबण्डा लगभग टुङ्गिए पनि उपमहानगरमा कुरा मिलिसकेको छैन । जनकपुर उपमहानगर र नेपालगञ्ज उपमहानगरमा काँग्रेस र जनता समाजवादी