एनपीएल : पोखराले छैटाैँ खेलमा बल्ल खाता खोल्यो, फार वेस्ट पराजित

काठमाण्डाै - नेपाल टी–२० प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको छ । पोखराले आज छैटाैँ खेलमा खाता खोलेको हो । फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लागि आशिफ शेखले ४५, कुशल मल्लले ४० र सुमित महर्जनले ३८ रन बनाए । फार वेस्टका प्रकाश जोशी, उमर अलि र करण केसीले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका लागि उमर अलीले ४२, देव खनालले ३३ र रशिद खानले ३२ रन बनाएका थिए । पोखरा २ अंकसहि...