काठमाण्डाै – दुई पटककाे च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटकाे पहिलाे चरणबाटै बाहिरिएकाे छ । आज शुक्रवार भएकाे खेलमा आयरल्यान्डसँग नाै विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएकाे हाे । वेस्ट इन्डिज सन् २०१२ र २०१६ काे टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेकाे थियाे ।
हाेबार्टमा वेस्ट इन्डिजले दिएकाे एक सय ४७ रनकाे लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायाे । उसका पउल स्टर्लिङले ६६ र लाेर्कन टकरले ४५ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ ग...