मिडरेन्जका स्मार्टफोनको विक्रीमा भारतमा नम्बर एक स्मार्टफोन ब्रान्ड हो, चिनियाँ स्मार्टफोन ब्रान्ड साओमी । जसले नेपाली मन समेत जित्न थालेको छ । साओमीको नोट सिरिजको पछिल्लो स्मार्टफोन सिरिज हो नोट सेभेन प्रो । डिजाइनमा झट्ट हेर्दा फ्ल्यागशीप सिरिजझैं यो फोन स्टोरेज, -याम, क्यामरा र ब्याट्रि लगाएतका फिचरसमेतको उत्कृष्ट प्रस्तुतिले उपभोक्ताको मन जित्न सफल देखिन्छ । औषत नेपाली उपभोक्ता जुन वस्तु किन्दा पनि ‘सस्तोमा राम्रो’ साथै टिकाउ पनि होस् भन्ने चाहना राख्छौं, उपभोक्ताको यो विशेषतालाई ‘क्यास’ गर्न सफल देखिन्छ नोट सेभेन प्रो । केही समय चलाएर हेर्दा नोट सेभेन प्रो नेपाली सुहाउँदो फोनका रुपमा मैले हेरेको छु ।