काठमाडौं : नेपाल शिक्षक संघले सरकारले शनिबार सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ।सरकारले शनिबार बजेट विनियोजन गरेको बजेटमा नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति प्रस्तुत व्यवहारले आफूहरुलाई गम्भीर बनाएको संघले उल्लेख गरेको छ। संघका अध्यक्ष राजेन्द्र राज पौडेल र महासचिव सोमनाथ गिरीले आइतबार जारी गरेको विज्ञप्तिमा हालको बजेटको परिदृश्यमा शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यवहार गरेको उल्लेख छ। राष्ट्रसेवकको रुपमा क्रियाशील निजामती कर्मचा