शहरी विकासमन्त्री बुढा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

शहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । मंगलबार मन्त्री बुढालाई भेट्न मेयर शाह सिंहदरबार पुगेका थिए ।