तनहुँ : म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ।पछिल्लोसमय गाउँपालिकामा हाते ट्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए।यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताए। गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएक