निर्वाचन कारण झुलाघाट नाका तीन दिन बन्द

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मद्देनजर गर्दै नेपाल-भारत सीमानाका तीन दिनका लागि बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका  वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा बन्द हुने भएको हो। उक्त अवधिमा सीमा नाकामा पूर्ण रूपमा आवतजावत बन्द गरिने उनले बताए। भारतीय अधिकारीसँग समन्वय गरेर नाका बन्द गरिन लागिएको हो। कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै