काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गरेका छन्। पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन उनले आग्रह गरेका हुन्।नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाए।अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बन