वैशाख ९ बाट मण्डला थिएटरमा ‘पल्पसा क्याफे’

कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो ।अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ । सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलिप रानाभाटको सह निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । न

सम्बन्धित सामग्री

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्