काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्राेमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्नुभएको हो ।धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साह...