विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी आवागमन हुन सकेको छैन ।असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण कार्यान्वयनसहित आवागमन सुचारु गर्ने निर्णय गरेको थियो । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले माथिबाट आदेश नभएको भन्दै रोकेपछि नाका खुला गर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।नाका खु