पर्वत : कास्कीको पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ शुक्रबार जीवजन्तुको आनीबानीबारे जानकार तथा लेखक ददि सापकोटाले हात्तीको प्रसंग उठाए।हात्ती आक्रमणका थुप्रै घटना हुने गरेको सन्दर्भमा उनले जोगिने तरिका बताए। त्यसका लागि हात्तीको आनीबानी र उसको रहनसहन शैलीबारेमा थाहा पाउनुपर्ने उनको भनाइ छ। अरू जनावरको गणनादेखि जंगल यात्रामा उपयोगी मानिने हात्ती बाघ र सिंहसँग डराउँछ। हात्तीको आक्रमण हुन सक्ने ठाउँमा वा हात्तीलाई लखेट्नुपर्ने अवस्थामा बाघ र सिंहको आवाजको प्रयोग गर्नुपर्ने