सिमकोट – जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई बाल संरक्षण र लैंगिक हिंसासम्बन्धी अभिमुुखीकरण प्रदान गरिएको छ। बाल संरक्षण र लैंगिक हिंसाबारे जानकारी गराउनु जनप्रतिनिधिलाई यो अभिमुखीकरण प्रदान गरिएको हो। युुनिसेफ हुम्लाका सम्पर्क व्यक्ति जंगबहादुुर रोकायाले सबै गाउँपालिकामा बाल संरक्षण र लंैगिक हिंसा कम गराउन जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुने भएकाले जिल्लास्तरीय अभिमुुखीकरण प्रदान गरिएको बताए। […]