पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन्

सम्बन्धित सामग्री

पोखराबाट ठूलो परिणाममा लागूऔषधसहित एक व्यक्ति पक्राउ

पोखराबाट ठुलो परिणामको लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा –१ बगरबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बगर बस्ने वर्ष ४९ को अर्जुनकुमार गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । पोखरा महानगरपालिका ९ बस्ने अर्जुनकुमार गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए