काठमाण्डाै - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । आज बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरू सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताउनुभयो । उहाँले सहमति नभइ र राष्ट्रिय हित विपरीत मुद्दाहरू पेस गर्न नमिल्ने ...