हरियो जुम्ला, गुलजार गुठीचौर

सामाजिक सञ्जालमा ‘हिउँले छोपिएको सेतै जुम्ला’ तस्वीरहरू देखा परे । अनलाइन पोर्टलहरूमा समाचार प्रकाशित भए– चिसो मौसम सकिनै लाग्दा जुम्लामा हिमपात । यो मेरो त्यो बेलाको सम्झना हो, जतिबेला जुम्लाले हरियो रंग ओढेको थियो । त्यो बिहान म उठ्दा खलंगा वरपर वर्षाैंदेखि सगर्व उभिइरहेका डाँडालाई छिचोल्दै घामका कलिला किरण मेरो कोठाको झ्यालबाट जबर्जस्त छिर्दैथिए । […]