ओली, प्रचण्ड र माधवलाई भेटेपछि वामदेवको दाबी– कम्युनिस्ट एकता गर्न हामी सबै सहमति नजिक छौँ

 ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् । उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् । ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनल