नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशतको आर्थिक वृद्धि तथा ७ प्रतिशतमा समेटिने मुद्रास्फीतिको लक्ष्यसहित रु.१७ खर्ब ९३ अर्ब ८३ करोडको वितरणमुखी बजेट प्रस्तुत गरिसकेको छ । सरकारले बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फको प्रस्थान विन्दुका रूपमा चित्रण गरेको छ । विद्यमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषमता तथा महामारीको कहरपछिको सुधारोन्मुख […]