प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका बाबजुद सरकारले प्रतिस्थापन विधेयक पेस गरेको छ । विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अराजकता अन्त्य गर्नका लागि प्रतिस्थापन विधेयक ल्याइएको बताए ।आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको जिकिर गर्दै उनले बजेटमात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताए ।प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उनको भनाइ थियो । &l