रुकुम(पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार

रुकुम (पूर्व) । रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एक मात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय सुरु भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो । समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको उचाइमा रहेको यस जिल्लामा वर्षेनी यसै सिजनमा हिमाली भेगमा उच्च हिमपात, हिम पहिरो जानेजस्ता […]

सम्बन्धित सामग्री

रुकुम पूर्वमा हिमपात

रुकुमपूर्व । रुकुम पूर्वमा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एकमात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय शुरू भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो ।      समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको उचाइमा रहेको यस जिल्लामा वर्षेनी यसै सिजनमा हिमाली भेगमा उच्च हिमपात, हिम पहिरो जानेजस्ता कारणले विपद्का घटना हुने र हिमपातका कारण अत्यधिक चिसो बढ्दा यस क्षेत्रको नागरिकको जनजीवन प्रभावित हुने गर्छ । यस किसिमको विपद्को पूर्वानुमान, पूर्वतयारी, उद्धार तथा प्रतिकार्य, राहत पुनःस्थापना आदि कार्य समन्वायत्मकरूपमा सम्पन्न गर्न सके जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रतिकार्य योजना बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।      जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिकार्यका लागि हिमपातबाट प्रभावित हुन सक्ने स्थान तथा मानव बस्तीलाई जोखिम विश्लेषणको आधारमा उच्च, मध्यम र न्यून जोखिम भनेर बस्ती वर्गीकरण गरेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको सबै क्षेत्र हिमपातको उच्च र मध्यम जोखिमको क्षेत्रमा परेको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । पुथाउत्तरगंगाको जुनाङ, पुषर, मैकोट गाउँ, दुले, तिज्याङ, पेल्मा, झारलुङ, यमखार, हिम, गुइबाङ, रन्मा, घुन्मा, काजरजङ, हुकामलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनका अनुसार दमचन, खोरे, ताँतु, मयाङ, तुपा, घुम्लिबाङ, गोठबाङ, कायमडाँडा, थाकुर, क्युबाङलाई पनि हिमपातको उच्च जोखिमको क्षेत्रमा राखिएको छ ।      यस्तै सिस्ने गाउँपालिकाको ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, औखरेना, भट्टेचौर, मर्पे, रंगेनी, लैपा, धंगु र स्याम्जेलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । भंग, सल्लीबिसौना, टाटे, किङ्दा, माथिल्लो दादिङ, खोपीचार, झिंगी, पाथिहाल्ना, भैसेखाल, तुबाङ, लम्फाकोट, भुरुङ्गा, स्यालापाखा, कानेबाङलाई मध्यम जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रतिकार्य योजनामा उल्लेख छ । यसैगरी पोखरा, पांगा, नाथिगाड, धपे, सान्चौर, अमलाचौर, रातामाटा, नायगाड र रुकुमकोटलाई न्यून जोखिम बस्तीमा वर्गीकरण गरिएको छ । भूमे गाउँपालिकाको पञ्चासे, स्याला, रिकुम, लाटापानी, वनबालारिग, च्यारनेटा, चिप्लेगैरा, गाबाङ, तल्लो गाबाङ, रिक डाँडा, मैबाङ, रिसालचौर, थुम्का, विस्कुम, मछैना, घङघारी र छहरा ठाउँलाई हिमपातको उच्च जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ । रासस